
एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।
बुधबार राति पीएसजीलाई दोस्रो लेगमा २–० ले हराउँदै समग्रमा ३–० को जितसहित बायर्न क्वाटरफाइनलमा पुगेको हो । राउण्ड अफ १६ अन्तर्गतको पहिलो लेगमा बायर्न १–० ले विजयी भएको थियो ।
खेलको ६१ औं मिनेटमा एरिक म्याक्सिम मोटीङले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । त्यसपछि ८९ औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै बायर्नलाई २(० को जित दिलाए ।
प्रतिक्रिया दिनुहोस्