
एजेन्सी । इटालियन क्लब एसी मिलान च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।
बुधबार राति इंग्लिस क्लब टोटनह्याम हट्सपरसँग दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिएपनि समग्रमा १–० को जितसँगै मिलान क्वाटरफाइनलमा पुगेको हो ।
राउण्ड अफ १६ अन्तर्गतको पहिलो लेगमा मिलान १–० ले विजयी भएको थियो ।
टोटनह्यामको मैदानमा भएको दोस्रो लेगमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको थियो ।
खेलको ७७ औं मिनेटमा क्रिस्टियन रोमेरो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि टोटनह्याम १० खेलाडीमा समेटिन पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस्