१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपालले टस हार्‍यो


546
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज बिहीबारबाट सुरू हुँदैछ । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा घरेलु टोली नेपाल र पपुवान्युगिनीबीच प्रतिष्पर्धा हुँदैछ ।

नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पीएनजीले टस जितेको छ र फिल्डिङ गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

पीएनजीलाई हराएर नेपाल घरेलु सिरिजमा सुखद सुरूवात गर्ने योजनामा रहेको छ । पीएनजी पनि सिरिजको सुखद सुरूवात गर्न चाहन्छ ।

विश्वकप लिग टुको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी चार खेलमा शतप्रतिशत जितको आवश्यकता छ ।