
एजेन्सी । अमेरिकामा केन्द्रीय बैंकले फेरी ब्याजदर बढाउने संकेत गरेको छ ।
फेडरल रिजर्भ बैंकका प्रमुख जेरोम पावेलले महँगी नियन्त्रणका लागि अपेक्षा भन्दा बढी ब्याजदर बढ्ने बताउनु भएको हो । आर्थिक मन्दी भोगिरहेको अमेरिकामा अर्थशास्त्रीहरुले अपेक्षा गरे भन्दा बढी ब्याजदर बढ्ने चेतावनी पावेलले दिएपछि अमेरिकी सेयर तत्काल असर देखिएको हाे । बुधबारको अमेरिकी शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।
शेयर बजार डाउ जोन्स १ दशमलव ६ प्रतिशतले घट्दा अर्का दुई वटा शेयर बजार एसएण्डपी फाइव हण्ड्रेड १ दशमलव ५ र न्यासड्याकमा १ प्रतिशतको गिरावट आएकाे हाे । कोरोनाले थलिएको अर्थतन्त्रमा रुस–युक्रेन युद्धले थप प्रभाव पार्दा फेडले गत वर्ष ब्याजदर साढे ४ भन्दा माथि पुर्याएकोमा गत महिना शून्य दशमलव २५ प्रतिशतले बढाएर ४ दशमलव ७५ प्रतिशत पुर्याएको छ ।
यो ब्याजदर सन् २००७ पछिको उच्च हो । अमेरिकामा अहिले पनि मुद्रास्फिर्ति अर्थात महँगी दर साढे ६ प्रतिशत रहेको छ । यो दरलाई २ प्रतिशतमा झार्ने फेडको लक्ष्य रहेको जनाइएकाे छ । त्यसका लागि कठोर नीति जरुरी रहेको फेडको तर्क छ ।
प्रतिक्रिया दिनुहोस्