१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिल्म ‘गुमराह’ को टिजर सार्वजनिक


312
Shares

काठमाडौं । भारतीय चर्चित अभिनेता आदित्य रोय कपुर र अभिनेत्री मृणाल ठाकुर अभिनित फिल्म ‘गुमराह’ को टिजर सार्वजनिक भएको छ ।

युट्युबमा सार्वजनिक भएको उक्त टिजरले हाल चर्चा पाइरहेको छ । फिल्मको टिजर हेरेर फिल्म पूर्णतया क्राइम र थ्रिलरमा आधारित रहेको बुझिन्छ । फिल्ममा दर्शकले सस्पेन्सको मजा लिन पाउनेछन् ।

फिल्मको टिजरलाई यो समाचार तयार पार्दासम्म १९ लाखभन्दा बढीले हेरिसकेका छन् । यससँगै फिल्मको टिजरको दर्शकले प्रसंशा गरेका छन् । फिल्ममा आदित्य र मृणालअलावा अभिनेता रोनित रोय पनि महत्वपूर्ण भूमिकामा रहेका छन् ।

फिल्ममा मृणाल र रोनित प्रहरीको भूमिकामा रहेका छन् भने आदित्य अपराधीको भूमिकामा देखिनेछन् ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्म आगामी अप्रिल ७ मा रिलिज हुँदैछ । यो फिल्म तमिल फिल्म ‘थडम’ को हिन्दी रिमेक हो, जसमा आदित्य दोहोरो भूमिकामा देखिनेछन् ।

फिल्मको टिजर भिडियो हेर्दा फिल्म थ्रिलर र सस्पेन्ससँगै यसमा एक्सन पनि रहेको अनुमान गर्न सकिन्छ ।