
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम जारी रहेको छ ।
मंगलबारदेखि घट्न थालेको सुनचाँदीको मूल्यले बिहीबार पनि निरन्तरता पाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख १ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सय रूपैयाँले घटेर एक लाख १ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार ५ रूपैयाँले घटेर १ हजार २२० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्