६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


विराटनगर महानगरपालिकाद्वारा कर संकलनमा कडाई


52
Shares

काठमाडाैं । विराटनगर महानगरपालिकाले कर संकलन अभियानलाई तीब्रता दिएकाे छ ।

सरकारी संस्थान र सरकारी कार्यालयकै अटेरीका कारण २० करोड भन्दा बढी राजस्व उठ्न नसकेपछि महानगरले कर संकलनलाई तीब्रता दिएको हो । महानगरपालिकाले फागुन महिनाभित्र राजस्व बुझाएको खण्डमा शत प्रतिशत जरिवाना मिनाहा गर्ने समेत जनाएको छ ।

तोकिएको समयमा राजस्व नबुझाए अरु कारबाही प्रक्रियामा जाने महानगरले चेतावनी दिएको छ । सरकारी संस्थान र कार्यालयले भने भवनहरुको नक्सा पास पनि नगराउने र सम्पत्ती कर पनि तिर्न अटेरी गरिरहेको महानगरको गुनासो छ । विराटनगर एयरपोर्टमा केही दिन अगाडि शिलान्यास गरिएको टर्मिनल भवनको पनि नक्सा पास गरिएको छैन ।

नागरिक उड्डयन प्राधिकरण कार्यालयले कञ्चनबारीमा निर्माण गरेका भवनहरुको समेत नक्सा पास भएकाे छैन । सरकारी संस्थान र कार्यालयहरु नै उदासिन हुँदा कर संकलनमा समस्या परेको महानगरपालिकाले जनाएकाे छ ।