२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025

नेमकिपाले पनि राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने


481
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय सचिवालयको बैठकले कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विषयमा नेपाली कांग्रेस र नेकपा (एमाले) को दृष्टिकोणमा तात्त्विक अन्तर नभएको निष्कर्ष निकाल्दै राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको हो ।

नेपकिपाका संघमा १ जना र प्रदेशमा ३ जना गरी ४ सांसद छन् ।

यसअघि राप्रपाले पनि राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको थियो ।

नयाँ राष्ट्रपति चयनका लागि बिहीबार मतदान जारी छ ।