
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको निर्वाचनमा भोट क्रस हुने सम्भावना नरहेको बताउनुभएको छ ।
बिहीबार बिहान राष्ट्रपति पदकाे निर्वाचनमा मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताबाट निर्वाचित भएका नेताहरु आफ्नो विचार र मान्यतामा दृढताका साथ उभिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
उहाँले नेताहरुले मूल्य र मान्यता, नैतिकताको राजनीति गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । अध्यक्ष नेपालले पार्टीमा नजोडिएका सांसदहरुले पनि आफ्नै मान्यताको आधारमा निर्णय गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्