१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अभिनेत्री सुरक्षाले गरिन् प्रेमी मानवसँग विवाह


1.17k
Shares

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले अभिनेता प्रेमी मानव सुवेदीसँग विवाह गरेकी छन् ।

पन्त र सुवेदीले बिहीबार विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमार्फत तस्वीर सार्वजनिक गर्दै पन्तले विवाह गरेको जानकारी दिएकी हुन् ।

पन्त र सुवेदीले बुधबार इन्गेजमेन्ट गरेका थिए । उनीहरूको विवाह चितवनको सौराहामा भएको हो । पन्तले विवाहको तस्वीरसँगै मेहन्दी समारोहको तस्वीर पनि सार्वजनिक गरेकी छन् ।

विवाहको तस्वीर फेसबुकमा राख्दै पन्तले शुभ विवाह लेखेकी छन् । तस्वीरमा दुवैले टीका र फूलमाला लगाउँदै मुस्काएका छन् ।

करिब ६ वर्षदेखिको प्रेमलाई पन्त र सुवेदीले विवाहमा परिणत गरेका हुन् ।