
बिराज रोस्यारा (इमेज)
कैलाली, असार ४ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–३ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा गोदावरी नगरपालिका–८ का अन्दाजी ३२ वर्षीय प्रयाग चौधरी रहेका छन् ।
नगरपालिकाको वडा नम्बर–३, पुरानो मालाखेतीबजार जाने बाटोनजिकै रहेको विद्युत्को ट्रान्सफर्मर मर्मत गर्नेक्रममा सोमबार दिउँसो १ बजेतिर करेन्ट लागेर चौधरीको मृत्यु भएको हो ।
सोही नगरपालिका वडा नम्बर–४ का अन्दाजी ३० वर्षीय मंगल चौधरी घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका दुवैजनालाई घटनास्थलबाट उपचारका लागि अत्तरियास्थित पद्मा अस्पताल पुर्याइएको थियो ।
पद्मा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ‘रेफर’ गरिएकामा चौधरीको त्यहाँ मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते मंगल चौधरीलाई थप उपचारका लागि पद्मा अस्पतालबाट बाँकेको कोहलपुर लगिएको छ ।
मृतक र घाइते दुवैजना विद्युत्को प्राइभेट कम्पनी वीरभद्र बिजुली सेवा अत्तरियामा कार्यरत् कर्मचारी हुन् ।
प्रतिक्रिया दिनुहोस्