
एजेन्सी । युरोपा लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनको रियल बेटिसलाई पराजित गरेको छ ।
बिहीबार राति राउण्ड अफ १६ अन्तर्गतको पहिलो लेगको खेलमा युनाइटेडले बेटिसलाई ४–१ ले पराजित गरेको हो ।
युनाइटेडको जितमा मार्कुस राषफोर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेज र वोउट वेगहर्स्टले गोल गरे । रियल बेटिसका आयोजे पेरेजले एक गोल गरे ।
खेलको छैटौं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई सुरूवाती अग्रता दिलाएका थिए । ३२ औं मिनेटमा पेरेजले गोल गर्दै बेटिसलाई १–१ को बराबरीमा ल्याए ।
५२ औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाईटेडलाई २–१ ले अघि बढाए । ५८ औं मिनेटमा फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई ३–१ ले अघि बढाए । त्यसपछि ८२ औं मिनेटमा वेगहर्स्टले गोल गर्दै युनाईटेडलाई ४–१ को जित दिलाए ।
अब यी दुई टोलीबीचको दोस्रो लेग बेटिसको मैदानमा मार्च १६ मा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्