२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


स्पोर्टिङ लिस्बनसँग बराबरीमा रोकियो आर्सनल


338
Shares

एजेन्सी । युरोपा लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा आर्सनल स्पोर्टिङ लिस्बनसँग बराबरीमा रोकिएको छ ।

बिहीबार राति भएको खेलमा आर्सनल लिस्बनसँग २–२ को बराबरीमा रोकिएको हो ।

खेलको २२ औं मिनेटमा विलियम सालिबाले गोल गर्दै आर्सनललाई सुरूवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा गोन्कालो इनासियोले गोल गर्दै लिस्बनलाई १–१ को बराबरीमा ल्याए । ५५ औं मिनेटमा पाउलिन्होले गोल गर्दै लिस्बनलाई २–१ को अग्रता दिलाए । तर, ६२ औं मिनेटमा लिस्बनका हाइडमासा मोरिटाले आत्मघाती गोल गरेपछि आर्सनल २–२ गोलको बराबरीमा रोकिएको हो ।

अब दुई टोलीबीचको दोस्रो लेग आर्सनलको मैदानमा मार्च १७ मा हुनेछ ।