२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


युक्रेनमा रुसले हान्यो हाइपरसोकिन क्षेप्यास्त्र, कम्तिमा नौ जनाको मृत्यु


1.443k
Shares

एजेन्सी । रुसले पछिल्लो पटक गरेको क्षेप्यास्त्र प्रहारबाट युक्रेनमा कम्तिमा नौ जना मारिएका छन् ।

गत जनवरी अन्तिमपछि बिहीबार ठूलो आक्रमण गरेको रुसले हाइपरसोनिक क्षेप्यास्त्र समेत प्रयोग गरेको दाबी युक्रेनले गरेको छ ।

रुसले किञ्जल हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको दाबी युक्रेनको छ ।

बिहीबार गरिएको आक्रमणबाट जापोरिज्जियास्थित आणविक केन्द्रमा बिजुली अवरुद्ध भएको छ भने अन्य भौतिक संरचनाहरुमा पनि ब्यापक क्षति पुगेको छ ।

रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले युक्रेनका मूख्य सैनिक अखडाहरुमा जल, थल र लामो दूरीका क्षेप्यास्त्र मार्फत प्रहार गरेको जानकारी दिएका छन् ।

युक्रेनी सेनाले ३४ वटा क्षेप्यास्त्र र चार वटा इरानमा बनेका ड्रोन खसालेको दाबी गरेको छ । तर, किञ्जल ब्यालेस्टिक क्षेप्यास्त्र, के–ट्वेन्टी टु एन्टी शिप क्षेप्यास्त्र र एस–थ्री हण्डे«ड एन्टी एअरक्राफ्ट क्षेप्यास्त्र भने खसाल्न नसकेको पनि युक्रेनी सेनाले बताएको छ ।

युद्ध सुरू भए यता नै रुसले यसरी आक्रमण गरेको पहिलो पटक भएको पनि युक्रेनी सेनाको भनाइ छ ।