१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सभामुख घिमिरे आज बहराइन जाँदै


208
Shares

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे शुक्रबार बहराइन जाँदै हुनुहुन्छ ।

आगामी चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन सभामुख घिमिरे बहराइन जान लाग्नु भएको हो ।

सभामुखमा निर्वाचित भएपछि उहाँ पहिलो पटक विदेश भ्रमणमा जान लाग्नु भएकाे हो ।

सभामुख घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्नु हुने कार्यक्रम भएको संघीय संसद् सचिवालयले जनाएको छ ।