
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सका सबै विमानहरु ग्राउण्डेड गरेको छ ।
बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको विमानको इन्जिनमा आगो लागेपछि सबै विमानहरुको इन्जिन चेकजाँचका लागि क्यानले विमानहरु ग्राउण्डेड गरिदिएको हो ।
इन्जिनको चेक जाँच लगायतका सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिइएकाले श्री एयरलाइन्सका विमानले कुनै पनि उडान गर्न पाउने छैनन् ।
उड्न योग्य भए नभएको परिक्षण गरेपछि मात्रै उडानका लागि अनुमति दिइने प्राधिकरणले जनाएको छ । सो एअरलाइन्ससँग साना ठूला गरी आठ वटा विमान रहेको र ती सबैको इन्जिन जाँच गर्न केही दिन लाग्ने बताइएको छ ।
बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको इन्जिनमा आगो लागेको संकेत पाएपछि विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्