१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पीएनजीले युएईलाई दियो २४७ रनको लक्ष्य


312
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी (पीएनजी) ले यूएईलाई जितका लागि २४७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले ५० ओभरमा ९ विकेटमा २ सय ४६ रन बनाएको हो ।

पीएनजीका लागि सेसे बाउले अविजित ८१, हिरि हिरिले ७७, किप्लीन डोरिगाले ५५ तथा चाद सोपर र नर्मन भानुवाले सामान १०/१० रन बनाए

यूएईका लागि आयान खानले ३, जुनेद सिद्धिकी र जाहोर खानले समान २/२ तथा कार्तिक मैयप्पन र रोहन मुस्ताफाले समान १/१ विकेट लिए ।