
काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक शनिबार बस्दै छ ।
बैठक बिहान साढे ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र समसामयिक राजनीतिकबारे छलफल हुने बताइएको छ ।
उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेदवार मनोनयनको कार्यतालिका छ, तर निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न नपाउने निर्णय गरेपछि दलहरू अलमलमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्