
फाइल तस्वीर
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक ४ घण्टा पूर्णरुपमा बन्द गरिने भएको छ ।
फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म दैनिक बन्द गर्न लागिएको हो ।
अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधानमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिनुभयो ।
उहाँले जिल्ला सुरक्षा समितिको शुक्रबारको बैठकले निर्णय गरेको हुँदा सम्बन्धित सबै सरोकारवालाको लागि सूचनामार्फत जानकारी गराइएको बताउनुभयो ।
उक्त समय अवधिमा अत्यावश्यक सवारीसाधन बाहेक अन्य सवारीसाधन पूर्ण रूपमा बन्द गरी सुरक्षित तरिकाले काम गर्ने गरी राजमार्ग बन्दको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी गैह्रेको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्