
काठमाडौं । हुम्लामा नुनको अभाव हुन थालेपछि हेलिकप्टर मार्फत ढुवानी गरिएको छ ।
नुनको अभाव हुन नदिन खार्पुनाथ गाउँपालिकाका नागरिकका लागि हेलिकप्टरमार्फत नुन ढुवानी गरिएको हो ।
गाउँपालिकाको पाँचवटै वडाका नागरिकका लागि साल्ट ट्रेडिङ कर्पोरेसनबाट ढुवानीका लागि अनुदानको नुन बिक्री–वितरण गरिएको हो । सबै वडामा १ हजार १ सय ९७ क्विन्टल नुन ढुवानी गरेर बिक्री गरिएको छ ।
गाउँपालिकाको समन्वयमा नुन गाउँपालिकाभरिका सबै वडामा ढुवानी भएर बिक्री गरिएको हो । पहिलो पटक गाउँपालिकावासीले आफ्नै गाउँमा र वडा वडामा सहज रुपमा नुन पाएका छन् ।
यसअघि सिमकोटस्थित शाखाको गोदामबाट नुन खरिद गर्नुपर्ने बाध्यताबाट गाउँवासीले छुटकारा पाएको अध्यक्ष रावलले जानकारी दिनुभयो ।
हुम्लामा आयोडिनयुक्त नुन प्रतिकेजी ९ रुपैयाँ पर्छ । १ हजार ३ क्विन्टल नुन हेलिकप्टरबाट सिमिकोट विमानस्थलमा ढुवानी गरिएको छ । पैदलमार्गबाट ढुवानी गर्न समस्या देखिएपछि सर्केगार्ड दुल्लीकुनासम्म गाडीमा ल्याइएको नुन त्यहाँबाट हेलिकोप्टरमार्फत ढुवानी भएको हो ।
प्रतिक्रिया दिनुहोस्