
विराटनगर । विराटनगरमा लघुवित्त वित्तीय संस्था संरक्षणको माग गर्दै महिलाहरुले प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागी विभिन्न लघुवित्त संस्थामा आबद्ध महिला सदस्यहरूले लघुवित्तविरुद्धको गतिविधि रोक्न माग गर्दै विराटनगर बजार परिक्रमा गरेका छन् ।
वित्तीय संस्था संरक्षण तथा प्रवर्द्धन समितिको नेतृत्वमा गरिएको प्रदर्शनमा उनीहरुले ठूलो संख्यामा महिला संलग्न लघुवित्त संस्था धरासायी हुने अवस्था आएको भन्दै संरक्षणको माग गरेका हुन् ।
प्रदर्शनमा विराटनगर महानगरपालिका, कटहरी गाउँपालिकासहित आसपासका पालिकाबाट आएका लघुवित्त वित्तीय संस्थाहरुमा आम्बद्ध महिलाहरु सहभागी थिए । उनीहरुले लघुवित्तविरुद्धका गतिविधि तत्काल नरोकिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
लघुवित्तमा मोरङको ग्रामीण क्षेत्रका धेरै महिलाहरु आबद्ध छन् ।
प्रतिक्रिया दिनुहोस्