१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


माओवादीहरुलाई मुद्दा हाल्नु विस्तृत शान्ति सम्झौताको विपरित : उपाध्यक्ष सापकोटा


468
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडी बढाउनुपर्ने बताउनुभएको छ ।

शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले नेपाल सरकार र तत्कालिन माओवादी पार्टीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार संक्रमणकालिन न्यायको विषय अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

उपाध्यक्ष सापकोटाले विस्तृत शान्ति सम्झौतामा सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर शान्ति प्रक्रियाका काम टुंग्याउने भनिएको उल्लेख गर्दै सोही अनुरुप हुनुपर्ने बताउनुभयो । उहाँले द्वन्द्वकालका घटनाहरुको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरित भएको बताउनुभयो ।

उपाध्यक्ष सापकोटाले देशमा प्राप्त भएका राजनीतिक उपलब्धिहरुलाई उल्ट्याउने कोशिस भएमा नेपाली जनताले त्यसको प्रतिरोध गर्ने बताउनुभयो । उहाँले विस्तृत शान्ति सम्झौताको गम्भिरता र राष्ट्रमा त्यसले पार्ने प्रभावका बारेमा चिन्तन गर्दै त्यसै अनुसार समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।