
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट संसदीय दलका नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।
शनिबार संसद भवनमा पुगेर १० दलीय गठबन्धनको तर्फबाट उहाँले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उम्मेदवारी दर्ताका क्रममा जसपा नेताहरुको साथै नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रमुख सचेतक प्रकाश ज्वाला पनि सहभागी हुनुहुन्थ्यो ।
निर्वाचन आयोगले आज उपराष्ट्रपतिका लागि मनोनयन दर्ताको समय दिएको छ । आज दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गराइसक्नुपर्नेछ । प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी हुनुहुन्छ भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहनुभएको छ ।
उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार यादवले निर्वाचित भए मुलुकको संविधानको रक्षा, गर्न संव्रद्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसअघि, नेकपा (एमाले) बाट पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्