
सुनसरी । प्रदेश नामकरणको विरोधमा विभिन्न राजनैतिक दल र जातिय संस्थाले आह्वान गरेको कोशी प्रदेश बन्दका कारण जनजीवन प्रभावित बनेको छ ।
बन्द गराउँदै कार्यकर्ता सडकमा उत्रिएका कारण सुनसरी, मोरङ, झापा जिल्लाको जनजीवन प्रभावित बनेको हो ।
जसपा, संघीय लिम्बुवान पार्टी, किराँत राई, यायोख्या, किरात याक्थुम चुम्लुङ लगायतका कार्यकर्ताहरु आइतबार बिहानै देखि बजारबन्द र यातायातका साधन बन्द गराउँदै हिडेका छन् ।

जसपाका केन्द्रीय सदस्य भीम राइले प्रदेश १ को नाम जबरजस्ती कोशी प्रदेश राखेर पहिचानको आन्दोलनलाई बेवास्ता गरेकाले आन्दोलन गर्नु परेको बताउनुभयो । जसपाका अर्का नेता शागर चेम्जोङ्ले आन्दोलनलाई बेवास्ता गरिए अझै सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो ।
बन्दका कारण कोशी प्रदेशका मुख्य बजार धरान, इटहरी, बेलबारी, पथरी, उर्लाबारी दमक, बिर्तामोड लगायतका बजार बन्द रहेका छन । यस्तै, यातायातका साधन पनि संचालन हुन सकेका छैनन् । बन्दका कारण यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस्