
काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा युएईविरुद्ध टस जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । युएईले सुरूवातमा फिल्डिङ गर्नेछ ।
यो समाचार तयार गर्दासम्म नेपालले एक विकेट गुमाएको छ । ओपनर आसिफ शेख शुन्य रन बनाएर आउट भएका छन् । आर्यान लाक्राको बलमा उनी आउट भएका हुन् ।।
प्रतिक्रिया दिनुहोस्