
Web Pic
काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा आइतबार बिहान बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
ओखलढुङ्गाबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको सिन्धुली प्रहरीले जनाएको हो ।
दुर्घटनामा परी २४ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि खुर्कोटतर्फ ल्याइँदै गरेको पनि प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा परेका एक जना घाइतेलाई उपचारका लागी घुर्मि लगिएको छ ।
तीव्र गतिमा आएको बस सडकको भित्तामा ठोक्किएर पल्टिएको र दुर्घटनापछि चालक फरार भएको सिन्धुली प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्