
काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाको डाइभर्सन टनेलको ब्रेक थ्रु भएको छ ।
ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको आयोजनाको डाइभर्सन टनेलको ब्रेक थ्रु भएको हो ।
आयोजनाले ६ सय २६.९२ मिटर लम्बाइको डाइभर्सन टनेल निर्माण सम्पन्न गरेको हो । टनेलबाट नदीको पानी निकास गर्न सकिने आयोजनाले जनाएको छ ।
आयोजनाको बाँधस्थल निर्माणका लागि नदीको पानी तर्काउनु पर्ने हुँदा नदीको सतहमा टनेल खनिएको आयोजनाले जनाएको छ ।
गत माघमा आयोजनाले प्रवेश सुरुङको ब्रेक थ्रु गरेको थियो । व्यास नगरपालिका–५ बेतेनी हुँदै बाँधतर्फ जाने उक्त सुरुङलाई आयोजनाको निर्माण सम्पन्न भएपछि पनि स्थायी रूपमा प्रयोग गरिने छ । आयोजनाको पहिलो प्याकेजअन्तर्गत १ सय ४० मिटर अग्लो बाँधलगायतका संरचना निर्माण भईरहेको छ ।
आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकालिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजमा गरिने छ ।
तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिने छ ।
२०८३ साल असारभित्र सबै काम सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्