
काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १७ सय रूपैयाँले बढेर एक लाख ३ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोला एक लाख ३ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार २५ रूपैयाँले बढेर १ हजार २४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्