२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै


507
Shares

काठमाडौं । १० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम रहने भएको छ ।

आइतबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले यस बारेमा जानकारी गराएको हो ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले उहाँको उम्मेदवारी पनि कायम रहने बताउनुभएको हो ।

उम्मेदवार यादवको उम्मेदवारीमा नेकपा एमाले र जनमत पार्टीबाट दाबी बिरोध परेको थियो ।

जनता समाजवादी पार्टीबाट प्रमिला कुमारीको पनि उम्मेदवारी रहेको छ । उपराष्ट्रपतिमा कुल ४ जनाको उम्मेदवारी परेको थियो ।

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ ।