२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्टेजमै ढलेर चर्चित हलिउड र्‍यापर कोस्टा टिचको निधन


9.1k
Shares

एजेन्सी । दक्षिण अफ्रिकाका चर्चित र्‍यापर तथा संगीतकार कोस्टा टिचको निधन भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरुका अनुसार उनको २७ वर्षकाे उमेरमा निधन भएको हो । कोस्टा मार्च ११ मा जोहानेसबर्गमा भएको अल्ट्रा म्युजिक कन्सर्टमा प्रस्तुति दिइरहेका थिए । स्टेजमा गीत गाउँने क्रममा उनी बेहोस भएर लडेका थिए । त्यहि क्रममा उनको निधन भएको हो ।

कोस्टाको यो अन्तिम कन्सर्टको भिडियोले सामाजिक सञ्जालमा अहिले निकै चर्चा पाइरहेको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडियोमा कोस्टा स्टेजमा प्रस्तुति दिइरहेका छन् । यस क्रममा उनी दुई पटक लडिरहेको देखिन्छ । उनले एक पटक आफूलाई लड्नबाट सम्हाल्छन् । तर, केही समयपछि उनी पुन लडिरहेको भिडियोमा देख्न सकिन्छ ।

कोस्टाको निधनको कारण भने खुल्न सकेको छैन । उनको निधनको खबर सार्वजनिक हुने बित्तिकै सबै कलाकार, संगीत क्षेत्र र उनका फ्यानहरु स्तब्ध भएका छन् ।

कोस्टाको जन्म सन् १९९५ मा नेल्सप्रुटमा भएको थियो । कोस्टा ‘एक्टिभेट’ र ‘नकलकथा’ जस्ता हिट फिल्मका लागि परिचित थिए । उनले हालै अमेरिकी गायक एकोनसँगको रिमिक्स गीत गाएका छन् ।

उनको अचानक मृत्युले दक्षिण अफ्रिकी संगीत उद्योगलाई ठूलो क्षति पु र्‍याएको छ ।