१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपालले युएइलाई २ सय ४९ रनको लक्ष्य दियो


10.712k
Shares

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले युएईलाई २ सय ४९ रनको लक्ष्य दिएको छ ।

टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओभर बलमा अलआउट हुँदै २ सय ४८ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ७७, दीपेन्द्र सिंह ऐरीले ३४, आरिफ शेखले ४३, गुलसन झाले ३७ तथा भिम सार्कीले २९ रन बनाए ।

युएईका लागि जाहोर फरिद, रोहन मुस्ताफा र आयान खानले समान २/२ तथा आर्यान लाक्रा र जुनेद सिद्धिकीले समान १/१ विकेट लिए ।