
एजेन्सी । भारतीय राज्य सिक्किमको नाथुला क्षेत्रमा भारी हिमपातका कारण फसेका सयौं पर्यटकको उद्धार गर्न कठिनाई भएको छ ।
सीमावर्ती क्षेत्र नाथुलाबाट सिक्किमतर्फ फर्किदै गरेका ९ सय भन्दा बढी सवारी साधन हिउँमा फसेका हुन् । साेही क्षेत्रमा हिमपात जारी रहेकाले उद्धार गर्न कठिनाई भएको हो । राहत र उद्धारका लागि सेना परिचालन गरिएको र भने सेनाले केहीलाई भने उद्धार गरेको छ ।
तिब्बतसँगको सीमावर्ती नाथुला भञ्ज्याङ र त्यहाँ रहेको प्रख्यात चाँगु ताल अवलोकन गरी फर्केने क्रममा उनीहरु हिउँमा फसेका हुन् । सिक्किम प्रशासनले केही दिनदेखि नाथुला र चाँगु ताल अवलोकनमा जानका लागि रोक समेत लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्