
फाइल तस्बिर
काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) साेमबार लण्डन जाने हुनुभएकाे छ।
यहि फागुन ३० गतेदेखि ३ दिन लण्डनमा हुने ‘पार्टनरसिप फर हेल्दी सिटी समिट’ मा सहभागी हुन मेयर साह सहित ४ सदस्यीय टोली साेमबार साँझ लण्डन जान लागेको हो ।
टोलीमा २४ नम्बर वडा अध्यक्ष विनोद भण्डारी, बालेनको प्रमुख स्वकीय सचिव भुपदेव साह, महानगरका जनस्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद जैसवाल रहेको मेयर साहकाे सचिवालयले जनाएकाे छ ।
मेयर साहले काठमाडौं महानगरको निमित्त प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डंगाेललाई दिनुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्