
काठमाडाैं । पूर्वसभामुख दमननाथ ढुंगानाले पद्योदय विद्यालयलाई देशकै नमूना विद्यालय बनाउनुपर्ने बताउनुभएको छ ।
सोमबार बिहान पद्योदय विद्यालयको ७५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पद्योदय विद्यालयलाई देशकै नमूना विद्यालयको रुपमा स्थापित गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गर्नुभयो ।
उहाँले प्रधानमन्त्री दाहालले विद्यालयको विकासका लागि अधिकतम सहयोग गर्ने अपेक्षा राखेको बताउनुभयो । शैक्षिक र भौगोलिक धरातल राम्रो बनाउन प्रधानमन्त्री दाहालले सहयोग गर्ने पूर्वसभामुख ढुंगानाले विश्वास समेत व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्