
काठमाडौं । करिब तीन वर्षअघि देखि प्रदर्शन स्थगित हुँदै आएको चलचित्र ‘नीरफूल’को प्रदर्शन मिति घोषणा गरिएको छ ।
दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘नीरफूल’ले आउँदो जेठ १९ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको हो ।
फूलमान बलले निर्देशन गरेकाे चलचित्रमा भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनको लागि गर्नु परेको कोसिसलाई कथामा प्रस्तुत गरिएको छ ।
चलचित्रको ट्रेलर करिब ३ वर्ष अगाडि सार्वजनिक गरिएको थियो । चलचित्रमा दयाहाङसँगै रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरूङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय रहेको छ ।
‘नीरफूल’मा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।
फ्रेण्ड्स अफ नेपाल–म्यानमार फ्रेन्डसिप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता दुबईकी डोमा सोनाम हुन् ।
प्रतिक्रिया दिनुहोस्