२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


देशका अधिकांश भू-भागमा आज वर्षा हुने


299
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

मंगलबार बिहान देशको पहाडी तथा हिमाली भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। त्यस्तै, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार दिउँसो भने देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागहरूमा भने आंशिक बदली रहनेछ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक-हल्का वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेश लगायत तराईका केही स्थानमा दिउँसाे मेघगर्जन र चट्याङ्गसहित क्षणिक-हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार राति भने देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक-हल्का वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ ।