
काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी अभिनीत चलचित्र ‘ए साथी सुन’ को टिजर सार्वजनिक भएको छ ।
सोमबार साइराम पिक्चर्स युट्युब च्यानलमार्फत चलचित्रको १ मिनेट ९ सेकेन्डकाे टिजर सार्वजनिक गरिएको हो ।
टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । चलचित्रलाई चैत १० गतेदेखि प्रदर्शन गरिने भनिएता पनि मिति सारेर आउँदो जेठ ५ गतेदेखि प्रदर्शन गरिने जानकारी निर्माण पक्षले दिएको छ ।
चलचित्रमा वर्षासँगै रमेश बानियाँ, आयन खड्का, सुशील पोखरेल, स्व. जयनन्द लामा, रमेश अधिकारी, कृष्मा खड्का, इभान सन्जेल, बिमला गिरीलगायत कलाकारको अभिनय छ। ‘ए साथी सुन’ जयनन्द लामा अभिनीत अन्तिम फिल्म हो ।
इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको चलचित्रको सह-निर्मातामा सुदीप पौडेल हुन् । चलचित्रलाई रामराघव आचार्यले लेखन तथा निर्देशन गरेका हुन् भने बीना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्