२० फाल्गुन २०८१, मंगलबार | Tue Mar 4 2025


प्रचारप्रसार र भौतिक विकासको अभावमा टोड्के झरना ओझेलमा


0
Shares

इलाम, भदौ १६ । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर २ मा रहेको टोड्के झर्ना ओझेलमा परेको छ । पर्यटकीय गन्तव्यको सम्भावना भएर पनि उचित प्रचारप्रसार र भौतिक विकास गर्न नसक्दा ओझेलमा परेको हो ।

नेपालको पहिलो अग्लो तेह्रथुमको ह्यातुङ झर्नापछि २ सय ८० फिट अग्लो दोस्रो झर्ना भनेर चिनिए पनि त्यहाँसम्म पुग्न मोटरबाटो निर्माण नहुँदा पर्यटक पैदल यात्रा गर्न बाध्य छन् । त्यहाँ पुग्ने पर्यटकलाई खान बस्न पनि कुनै होटल र लज सुबिधा नभएको स्थानीय बीबीसी हाम्खिमले बताए ।

झर्नाको तलतिर ३० मिटरको टेक्ड्याम बनाउने र ट्रस्टको सानो पुल बनाउने योजना गाउँपालिकाको भए पनि काम भएको छैन । टोडके झर्ना इलाम सदरमुकामबाट एक दिनको पैदल यात्रामा पुगिन्छ ।