
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धनप्राप्त कलेजहरुमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रचार प्रसारका क्रमा भित्ते लेखन तथा पोस्टर टाँस्न निषेध गरिएको छ ।
सोमबार उम्मेदरवारहरुको अन्तिम नामावली प्रकाशन भएसँगै प्रचारप्रसार सुरू भईसकेकोमा कुनै पनि संगठन तथा उम्मेदवारले भित्तेलेखन र पोस्टर टाँस्न नपाउने भएका हुन । यस्तै, रंगरोगन गर्न र कुनै पनि प्रकारको तुल तथा फ्लेक्स लगाउन पनि निषेध गरिएको छ ।
चैत २ गते रातिसम्म प्रचार प्रसार गर्न पाइने छ ।
पोखराको पृथ्वीनारयाण क्याम्पसलगायतका केही क्याम्पसमा भने भर्ना विवादका कारण निर्वाचन रोकिएको छ ।
स्ववियु निर्वाचनबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष र ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट आउने छन् । उपाध्यक्ष, सहसचिव र बाँकी ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।
स्ववियु निर्वाचनको मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ ।
प्रतिक्रिया दिनुहोस्