१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चितवनका क्याम्पसमा लगाइएको ताला प्रहरीले तोड्यो


260
Shares

काठमाडौं । चितवनका विभिन्न क्याम्पसमा स्ववियू निर्वाचनलाई अवरोध हुने गरी विभिन्न विद्यार्थी संगठनले लगाएको ताला प्रहरीले फुटाउन थालेको छ ।

चितवन जिल्ला प्रशासन कार्यालयले क्याम्पसहरुमा लगाइएको ताला फोड्ने निर्देशन दिएको भोलिपल्ट मंगलबार बिहान प्रहरीले ताला फोड्न थालेको हो ।

चितवन प्रहरीका प्रवक्ता डीएसपी विजयराज पण्डितका अनुसार मंगलबार बिहान विभिन्न ११ वटा क्याम्पसमा लगाएको ताला तोडिएको छ ।

भरतपुरका ठुला क्याम्पसहरू सप्तगण्डकी, वीरेन्द्र क्याम्पसलगायतका क्याम्पसहरुको ताला तोडिएको प्रहरीले जनाएको छ ।

चितवन जिल्ला प्रशासनले चितवनका सम्पूर्ण क्याम्पसमा तोकिएकै मितिमा स्ववियु निर्वाचन गर्न पनि क्याम्पस प्रशासनहरुलाई निर्देशन दिएको छ ।