
काठमाडौं । वीर अस्पतालले ५ जना स्टाफ नर्सलाई सेवाबाट हटाएको छ ।
सेवाबाट हटाइनेमा पाँचौ तहमा कार्यरत सुशीला ढकाल, शान्ति लम्साल, सम्झना श्रेष्ठ, जमुना सिटौला र ओमदेवी पुन रहेकाे अस्पतालले जनाएकाे हाे । अस्पतालमा जानकारी नगराई बिदा बसेको र सूचना प्रकाशित गर्दा समेत सम्पर्कमा नआएपछि उनीहरुलाई प्रक्रिया पुर्याएर सेवाबाट हटाइएको हो ।
पाँचै जनाको नाममा ३० दिनभित्र सम्पर्कमा आउन सूचना जारी गर्दा समेत सम्पर्कमा नआएपछि सेवाबाट हटाइएको अस्पतालले जनाएको छ । सुशीला ढकाल २०७६ साल फागुन १५, शान्ति लम्साल २०७५ असार २२ गते, सम्झना श्रेष्ठ २०७६ असोज १ गते, जमुना सिटौला २०७४ चैत १ गते र ओमदेवी पुन २०७५ पुस १३ गतेदेखि जानकारी नगराई सम्पर्क विहीन भएकाे वीर अस्पतालले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्