
ताप्लेजुङ । ताप्लेजुङमा चिराइतोको मूल्य गत वर्षको तुलनामा प्रतिमन १० हजार रुपैयाँले वृद्धि भएको छ ।
गएको वर्ष प्रतिमन ३० हजार रुपैयाँमा कारोबार भएकोमा यो वर्ष ४० हजार पुगेको हो ।
पूर्वी पहाडको मुख्य आम्दानीको रूपमा रहेको अलैँचीको भन्दा चिराइतोको मूल्य बढेको हो । अलैँची प्रतिमन ३५ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ ।
भारत निर्यातका लागि झापामा पुर्याउँदा प्रतिमन ३८ हजारदेखि ४० हजारमा कारोबार भईरहेको ताप्लेजुङका व्यावसायीले बताएका छन् ।
फुङलिङका व्यावसायी गोविन्द बरालले फागुन यता मूल्य र चिराइतोको अवस्था हेरेर मूल्यमा तलमाथि हुने बताउनुभयो ।
केही वर्ष अघिसम्म ओलाङचुङगोला हुँदै चीनको तिब्बतमा निर्यात हुने चिराइतो हाल टिपताला नाका बन्द रहेकाले बिर्तामोड हुँदै भारत निकासी भईरहेको हो ।
चिराइतोको मूल्य एक्कासि बढेर अलैँचीको भन्दा माथि पुगेपछि त्यहाँका किसान खुशी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्