२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

फिल्म ‘तू झुठी मैं मक्कार’ को अहिलेसम्मको कमाई कति ?


5.07k
Shares

एजेन्सी । भारतीय अभिनेता रणवीर कपुर र अभिनेत्री श्रद्धा कपुर अभिनित फिल्म ‘तू झुठी मैं मक्कार’ ले ७० करोभन्दा बढिको कमाई गरिरहेको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । मार्च ८ मा प्रदर्शन भएको फिल्मले अब १ सय करोडको क्लबमा प्रवेश गर्ने तयारी गरिरहेको छ ।

फिल्मले पहिलो दिन १५ करोड ७३ लाख भारतीय रुपैयाँको ओपनिङ गरेको थियो । फिल्मले पहिलो सातामै राम्रो दर्शक पाएको फलस्वरूप ५० करोड भारतीय रुपैयाँ कमाइ गरेको अनुमान लगाइएको थियो । तर, अब फिल्मको पाँचौं दिन सम्मको कमाई सार्वजनिक गरेको छ । जसमा फिल्म चाँडै १०० करोड क्लबमा समावेश हुने देखिएको छ ।

फिल्मको पहिलो साताको कमाई सार्वजनिक भएको छ, जसमा फिल्मले ७० करोड भारतीय रुपैयाँ कमाई गरेको छ । फिल्मले प्रदर्शनको दोस्रो दिन १० करोड ३४ लाख, तेस्रो दिन १० करोड ५२ लाख, चौथो दिन अर्थात शनिबार १६ करोड ५७ लाख र पाँचौं दिन अर्थात आइतबार १७ करोड ८ लाख कमाई गरेको थियाे । यस हिसाबले फिल्मले हालसम्म कुल ७० करोड २४ लाख कमाइ गरी सकेको छ ।

निर्देशक लव रञ्जनद्वारा निर्देशित ‘तू झुठी मैं मक्कार’ मा रणवीर र श्रद्धाको जोडीलाई दर्शकले निकै रुचाइरहेका छन् । आगामी दिनहरुमा पनि यो यस्तै कमाई गरिरह्यो भने फिल्मले सुपरहिट विधामा आफ्नो स्थान कायम गर्नेछ ।