१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अभिनेत्रीद्वय रेखा र पूजाले एउटै चलचित्रमा काम गर्ने पक्का


507
Shares

काठमाडौं । अभिनेत्रीद्वय रेखा थापा र पूजा शर्माले एउटै चलचित्रमा काम गर्ने पक्का भएको छ ।

लामो समयपछि पर्दामा फर्किने प्रयासमा रहेकी रेखाले आफ्नो फिल्म निर्माण कम्पनी रेखा फिल्म्सबाट चलचित्र निर्माण गर्दैछिन् । रेखाको निर्माण तथा मुख्य भूमिका रहने चलचित्रमा पूजा अनुबन्ध भएकी हुन् ।

रेखाले पूजासँग कागजी सम्झौता गरेको तस्वीर सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिएकी हुन् । रेखाको उक्त चलचित्रमा निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने भएका छन् ।

नाम तय नगरिएको यो चलचित्र आगामी वैशाखदेखि छायांकनमा जाने तयारी छ । चलचित्रमा अभिनेत्री आँचल शर्मा पनि रहने छिन् ।