११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


नेपालीहरू मृत्युदण्डको पक्षमा कहिल्यै जानु हुँदैन: अध्यक्ष ओली


169
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरु कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताउनुभएको छ ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएकोले आफू मृत्युदण्डको पक्षमा नरहेको उहाँकाे तर्क छ । बुद्ध जन्मेका देशका वासीन्दाहरु कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्युदण्डको पक्षमा जान नहुने समेत उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले संयुक्त राष्ट्र संघले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्वीकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको बताउनुभयो । नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीति भइरहेको भन्दै अध्यक्ष ओलीले असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।