
काठमाडौं । नेपाली कांग्रेसले बुधबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालय सानेपामा बुधबार बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।
बैठक उप–राष्ट्रपतिको चुनाव केन्द्रित हुनेछ ।
चैत ३ गते हुने उप–राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार छन् । जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन छ । गठबन्धन सम्बद्ध लोसपा र नाउपाले जनमतकी उम्मेदवार झालाई समर्थन गरेको अवस्था छ ।
यस्तै, कांग्रेसको बैठकमा सरकार पुनर्गठन र सरकारमा जाने मन्त्रीहरुको विषयमा छलफल हुने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस्