१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025


लघुवित्त कम्पनीहरुको ऋण असुलीको समस्या चर्किंदै


286
Shares

काठमाडौं । लघुवित्त संस्थाहरुमा ऋण असुलीको समस्या चर्किदै गएको छ ।

ऋण असुली नहुँदा पछिल्लो ६ महिनामा लघुवित्त संस्थाहरुको खराब कर्जा दोब्बरले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा खुद्रा ऋण प्रवाह गर्ने लघुवित्त संस्थाहरुको खराब कर्जा २ दशमलव ५६ प्रतिशत रहेकोमा गत पुसमा निष्क्रिय कर्जाको अनुपात ४ दशमलव ६८ प्रतिशत पुगेको छ । असारको तुलनामा खराब कर्जाको दर ८३ प्रतिशतले बढेको हो ।

हाल सञ्चालनमा रहेका ६० वटा खुद्रा लगानी गर्ने लघुवित्तको निष्क्रिय कर्जा पुस मसान्तमा १८ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

यस्तै, थोक लगानी गर्ने लघुवित्त संस्थाहरुको खराब कर्जा पनि दोब्बरले नै बढेको छ । गत असार मसान्तसम्ममा थोक कर्जा प्रवाह गर्ने चार वटा लघुवित्त संस्थाहरुको निष्कृय कर्जा शून्य दशमलव ४१ प्रतिशत रहेकोमा पुस मसान्तमा बढेर शून्य दशमलव ८७ प्रतिशत अर्थात ५२ करोड रुपैयाँ पुगेको छ ।

पछिल्लो समय लघुवित्त संस्थाहरुको ऋण मिनाहका लागि चर्किएको आन्दोलनका कारण लघुवित्तहरुको ऋण असुली झन् समस्यामा परेको छ ।