२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


विश्वकपलाई नयाँ ढाँचामा संचालन गर्ने फिफाको निर्णय


7.098k
Shares

काठमाडौं । सन् २०२६ मा हुने विश्वकप फुटबल नयाँ ढाँचामा हुने भएको छ ।

रुवान्डामा भएको फिफा काउन्सिलको बैठकले अमेरिका, क्यानडा र मेक्सिको गरी तीन देशका १६ वटा शहरमा विश्वकपका खेल आयोजना गर्ने निर्णय गरेको हो ।

सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने भएको छ । अहिलेसम्म विश्व कपमा ३२ राष्ट्र मात्रै सहभागी हुन पाउँथे ।

नयाँ ढाँचा अनुसार ४८ टीमलाई चार चार वटाको १२ वटा समूहमा विभाजन गरिने छ । समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् भने तेस्रो हुने उत्कृष्ट ८ वटा टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन् ।

सन् २०२६ को विश्वकपमा युरोपबाट मात्रै १६ वटा अर्थात एक तिहाई टीम सहभागी हुने छन् ।