
एजेन्सी । भारतीय चर्चित अभिनेता समीर खाखरको निधन भएको छ । खाखरको ७१ वर्षको उमेरमा निधन भएको हो ।
उनको भारतको बोरिवली-१ स्थित एमएम अस्पतालमा निधन भएको हो । खाखरको शरीरका धेरै अंगहरू काम नलाग्ने भएका कारण निधन भएको समाचारमा उल्लेख छ ।
भारतीय सञ्चार माध्यमका अनुसार सास फेर्न समस्या भएपछि खाखरका छोराले उनलाई अस्पतालमा भर्ना गरेका थिए । उनको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको हो । खाखरको अन्तिम संस्कार बुधबार बोरिवलीको भाभी नाका श्मशान गृहमा गरिने छ ।
खाखर लामो समयदेखि अभिनयको दुनियाँबाट टाढा थिए । उनी सन् १९९६ मा भारत छोडेर अमेरिका गएका थिए ।
खाखरले थुप्रै चलचित्र र सिरियलमा काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्