
काठमाडौं। चलचित्र विकास बोर्डले चलचित्रको पटकथा लेखन र निर्देशन बिषयमा तीन दिने विशेष कार्यशाला आयोजना गर्ने भएको छ ।
भारतीय फिल्ममेकर तथा पूर्व एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे) का एसोसिएट प्रोफेसर अनुपम बर्वेको साथमा आगामी चैत्र ३ देखि ५ गतेसम्म कार्यशाला आयोजना हुन लागेको हो ।
बोर्डको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत आयोजना हुने यो कार्यशालामा सहभागि हुन कुनै शुल्क लाग्ने छैन । बोर्डको हलमा हुने कार्यशाला दैनिक बिहान सढे १० बजेदेखि दिउसो साढे ३ बजेसम्म सञ्चालन हुने छ ।
कार्यशालामा सहभागिता जनाउन बोर्डको वेबसाइट तथा सोसल प्रोफाईलमा रहेको फारम भर्नुपर्ने हुन्छ । अथवा, ९८४१२९२४७१ नम्बरमा टेलिफोनमार्फत पनि आफ्नो नाम टिपाउन सकिने छ ।
को हुन् अनुपम बर्वे ?
अनुपम बर्वे भारतको पुणे स्थित चलचित्र र थिएटर निर्देशक र चलचित्र शिक्षक हुन् । उनि पछिल्लो समय एफटीआईआई (फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणे)मा फिल्म निर्देशनको एसोसिएट प्रोफेसर रहेका थिए । उनले पुणे विश्वविद्यालयबाट बीए (पर्फमिङ्ग आर्ट) र लण्डनको वेस्टमिन्स्टर विश्वविद्यालयबाट एमए (फिल्म तथा टेलिभिजन निर्देशन) गरेका छन्।
अनुपम हाल यास्मिना रेजाको टोनी अवार्ड जितेको ब्ल्याक कमेडी ‘गड अफ कार्नेज’को मराठी रूपान्तरण नाटक ‘उछाड’को निर्देशनमा व्यस्त छन् ।
प्रतिक्रिया दिनुहोस्